सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली बहुमुखी क्याम्पसमा 'विविएम फेस्ट' मनाइदै

२०७६ पुष ११, ०७:२१ खबर संवाददाता

कैलाली: कैलाली बहुमुखी क्याम्पस, धनगढी कैलालीको (वि.वि.एम) सातौ सेमेस्टरको आयोजनामा  विविएम फेस्ट २०७६ मनाईने भएको छ। विद्यार्थिहरुको व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धी गर्ने उद्देश्यले पाठ्यक्रमा रहेको ईभेन्ट म्यानेजमेन्ट भन्ने विषयमा आधारीत भएर उक्त कार्यक्रम मनाईने भएको हो।

क्यम्पसकै खेल मैदान नजिकै बन्देगरेको हलमा विहान ८ बजे देखी साझ ५ बजे सम्म मानाईने सो कार्यक्रम दुई दिन सम्म चल्ने भएको छ। यही पुस १३ र १४ गते हुने विविएम फेस्टको स्टल कार्यक्रम पुर्णरुपमा विद्यार्थिहरुको आयोजनामा हुनगईरहेको हो। भने व्यवस्थापकिय पक्ष पनि विद्यार्थिहरु द्धारानै गरीने भएको छ। 

आईतबार र सोमबार  चल्ने उक्त स्टल कार्यक्रमा, मनोरञ्जनात्मक खेल, आखा शिविर, रक्तदान, दातमुखको परिक्षण, गित, नृत्य, विभिन्न स्थानिय खानाका परीकारस ढिक्री, पकौडी, पुरी, चटपट, पानिपुरी लगाएतका परीकारहरु आकर्षणको केन्द्रविन्दुमा रहेको कुरा आयोजक टिमका सदस्य हरी जोशीले बताए।

यस्तै २०७५ सालदेखि हरेक वर्ष संस्कारको रुपमा वार्षीक कार्यक्रम अन्तरगत मनाईदै गरेको उक्त विविएम फेस्टलाई करिव दश हजार दर्शकद्धारा अनुगमन तथा अवलोकन गरिने अनुमान गरीएको कुरा समबन्धित विषय कार्यक्रमकी संयोजक जानकी पन्तले बताइन।
 

कमेन्ट लोड गर्नुस