सुदूर नेपाललाई विश्वसँग जोड्दै

राज्यप्रति अझै सर्वसाधारणको विश्वास नभएको गुनासो

२०७६ पुष ११, ०६:३८

धनगढी: राज्यप्रति अझै सर्वसाधारणको विश्वास नभएको भन्दै सरोकारवालाले राज्यका हरेक निकाय कल्याणकारी बन्नु आवश्यक रहेको बताएका छन्।

शुक्रबार धनगढीमा आयोजित दलित महिला र सिमान्तकृत समुदायको नीति तथा योजनामा पहुँच विषयक अन्तरक्रिया कार्यक्रममा फाया नेपालका पुर्व अध्यक्ष शेरबहादुर बस्नेतले कानूनले मात्रै महिला हिंसा न्यूनीकरणमा सहयोग हुन नसक्ने भन्दै भएका कानून कार्यान्वयन गर्ने राज्यका हरेक निकाय प्रति आम नागरिकको विश्वास हुन सक्नु पर्ने बताए। 

‘अहिले पनि महिलाहरु हिंसामा पर्दा न्याएका लागि संघसंस्थालाई गुहार्न थाल्दछन्’ उनले भने–‘यदी सरकारी निकाय प्रति नागरिकको विश्वास भए, संघ संस्थामा जानु पर्ने अवस्थानै आउँदैन।’ सरकारी निकाय प्रति आम नागरिकको विश्वास बढ्नु नसक्दा धेरै महिला हिंसा लुकाउन बाध्य हुँदै आएका उनले बताए। 

सामाजिक अभियानता प्रम ढुंगानाले पनि सरकारी संयन्त्र प्रतिको विश्वास नागरिकमा कम हुँदै आएको बताए। स्थानीय तहले लक्षित समुदायको क्षमता अभिवृद्धि गर्न तर्फ खास्सै ध्यान नदिएको र प्रहरीबाट समान व्यवहार नहुँदा नागरिक राज्यका संयन्त्र प्रति अझै ससंकित हुनपर्ने अवस्था आएको उनले बताए। उनले महिलालाई रोजगारी दिन नसक्दा हिंसा बढ्ने गरेको बताए। महिलालाई आत्म निर्भर नबनाई हिंसा न्यूनिकरण हुन नसक्ने भन्दै उनले त्यस तर्फ सरकारले ध्यान नदिएको बताए। 

धनगढी उप–महानगरपालिकाकी न्यायिक समिति सदस्य रत्ना विष्टले वडामा जाने बजेटमा महिलालाई समेट्न नसकिएको बताइन्। वडा नम्बर–२ की सदस्य समेत रहेकी उनले नगरबाट सवै बजेट  भौतिक संरचनाका लागि मात्रै आउने गरेको बताइन्। 

सामाजिक विकास मन्त्रालय महिला शाखाकी कर्मचारी प्रतिभा श्रेष्ठले महिलालाई लक्षित गरी योजना तय गरिएको बताइन्। हिंसा पिडित महिलाका लागि ९ वटै जिल्लाका जिल्ला अस्पतालमा पुर्नस्थापना गृह निर्माण गर्ने योजना यसै वर्ष लागु हुने उनले बताइन्। 

कमेन्ट लोड गर्नुस