सुदूर नेपाललाई विश्वसँग जोड्दै

शैक्षिक गुणस्तर वृद्धि गर्न सबै जिम्मेवार बन्न आवश्यक : नगरप्रमुख वड

२०७६ पुष ११, ०६:०७ खबर संवाददाता

धनगढी : धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सरोकावाला सबै जिम्मेवार बन्न आवश्यक रहेको बताएका छन्। त्रिनगर माध्यमिक विद्यालयको ४३औं वार्षीकोत्सव कार्यक्रमका उनले यस्तो बताएका हुन। 

धनगढी उप–महानगरपालिका– १ मा रहेको त्रिनगर माध्यमिक विद्यालयका शुक्रवार ४३औं वार्षीकोत्सव मनाएको छ। वार्षीकोत्सव कार्यक्रमको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका थिए। वार्षीकोत्सव कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख वडले त्रिनगर विद्यालय दुईवर्षको अविधिमा धनगढीको नमुना विद्यालयको सूचीमा पर्न सफल भएको बताए। 

शिक्षाको गुणस्तर सुधारका लागि अभिभावक, शिक्षक, विद्यार्थी र सरकारको भुमिका महत्वपूर्ण हुने भएकाले सबै जिम्मेवार भएमा सबै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नसकिने उनले बताए। नगरप्रमुख वडले त्रिनगर माध्यमिक विद्यालयमा नयाँ भवन निर्माणको प्रकृया अगाडी बढाउने बताए।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भुपालसिंह खड्काले खड्काले आगामी आर्थिक वर्षमा विद्यालयको पढाई गुणस्तरमा थप सुधार ल्याउने, विद्यालयमा सिसी क्यामेरा जडान गर्ने, विद्यालयको सपिङ्ग कम्प्लेक्सको बक्यौता असुलीलाई निरन्तरता दिने, धनगढी उपमहानगरपालिकाको सहयोगमा ८ कोठे विद्यालय भवन निर्माण गर्ने, हाट बजारको अतिक्रमित ६४३ नम्वरको कित्ता भोगचलनमा ल्याउने र दुर्गमका विद्यार्थीका लागि होस्टेलको व्यवस्था गर्ने जस्ता थुप्रै लक्षित कार्यक्रम प्रतिवेदनमा राखिएको बताए। 
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष प्रेम बिसीले त्रिनगरको पढाई गुणस्तर आफ्नो टिमको प्राथमिकताको विषय भएको बताए। 

वर्षे विदाको तलवबाट विद्यार्थीलाई छात्रवृति
त्रिनगर माध्यमिक विद्यालयका प्रअ भूपालसिंह खड्काले आफुले पाउने वर्षे विदाको तलवबाट विद्यालयमा रहेका जेहन्दार विद्यार्थिलाई छात्रवृित दिएका छन्।

प्रधानाध्यापक जेहन्दार छात्रवृतिको नामबाट ४ जना विद्यार्थीलाई जनही ६ हजारका दरले उपलब्ध गराउने गरेको प्रअ खड्काले बताए। वार्षिीकोत्सव कार्यक्रममा जेहन्दार विद्यार्थीलाई छात्रवृती उपलब्ध गराएको उनले बताए। 

कमेन्ट लोड गर्नुस