सुदूर नेपाललाई विश्वसँग जोड्दै

शैलेश्वरी विद्यालयद्धारा धनगढीमा सरसफाई

२०७६ पुष ११, १२:३४ खबर संवाददाता

धनगढीको शैलेश्वरी विद्यालयले सरफाई गरेको छ। उप–महानगरपालिकाको वडा नम्बर ५ मा रहेको शैलेश्वरी स्कुलले लब्ली चौकदेखि जाई मट्यारी चौक सम्म सरसफाई गरेको हो। यस्तै विद्यालयले सडकमा छेउमा रोपिएका रुख गोडमेल पनि गरिएको छ। विद्यालयले समुदायसंग शैलेश्वरी कोषवाट सरसफाई कार्यक्रम गरेको शिक्षक चन्द्रदेव जोशीले बताए। सरसफाई कार्यक्रममा कक्षा ६, ७ र ८ का विद्यार्थी र शिक्षक सहभागी भएका थिए। विद्यालयले कोषबाट विगतमा पनि विभिन्न कार्यक्रम हुदै आएको थियो। आजको सरसफाई कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष हिरासिंह पातली, विद्यालयका प्रिन्सीपल जगन्ननाथ जोराको पनि सहभागिता रहेको थियो।

कमेन्ट लोड गर्नुस