सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली : बुवाको मृत्युपछि चार बेसहराको जिम्मा बालग्रामलाई, दोश्रो दिन आमाको पनि मृत्यु

२०७६ पुष ११, ०८:१५ खबर संवाददाता

रोजगारीका लागि गत साउन १७ गते भारत गएका कैलालीको घोडाघोडी नगरपालिका–४ सिम्थरी पश्चिम टोलका ४५ वर्षिय कल्लाने रोकायाको उतै मृत्यु भयो। सन्तानको खुसी खोज्न भारत पसेका रोकाया कहिल्यै नफर्किने खवर आयो तर ३८ वर्षिय उनकी श्रीमती जौमतीलाई विश्वास लागेको थिएन्।

क्यान्सर पीडित जौमतीलाई उपचार त परै जावस  खाना र न्यानो लुगाको समेत अभाव थियो। सो अभावमा उनका चार छोराछोरी त बिचल्लीमा नै परे। बुधवार मात्रै घोडाघोडी नगरपालिका ४ का वडाध्यक्ष टेकबहादुर बुढा,पत्रकार तथा बालबालिकाका आफन्तहरुले चार बालबालिकालाई धनगढी गेटा स्थीत एसओएस बालग्रामको जिम्मा लगाए।

बालग्राम धनगढीका योजना निर्देशक पदम हमालले घरमै पुगी बालबालिकाको अवस्था बुझ्दा आमा सिकिस्त विरामी भएको र बालबालिकाको शिक्षा, स्वास्थ्य ,खानपिनको समस्या देखिएपछि जिम्मा लिएको बताएका थिए। तर उनीहरुलाई बालग्रामको जिम्मा लगाएको एक दिनमै क्यान्सरले थलिएकी जौमतीको पनि मृत्यु भयो।

एक दिन अगाडी आमाको इच्छा बमोजिम नै बालबालिकाको रेखदेखका लागि एसओएसको जिम्मा लगाइएको थियो। चार बालबालिकाको साहरा बालग्रामले लिएपनि उनी आफैँ बेसहरा बन्दा उनको मृत्यु भएको हो। 
 

कमेन्ट लोड गर्नुस