सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला प्रहरी कार्यालय डोटीको भवन शिलान्यास

२०७६ पुष ९, १०:४२

जिल्ला प्रहरी कार्यालयको नयाँ भवनको आज शिलान्यास गरिएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले उक्त नयाँ बन्ने भवनको शिलान्यास गर्नु भएको हो। 

पाँच करोड ३१ लाखको लागतमा निर्माण हुन लागेको उक्त भवन १८ महिनामा सम्पन्न गर्ने गरी रोयल कन्स्ट्रक्सन निर्माण कम्पनी धनगढीसँग सम्झौता भएको जिप्रकाले जनाएको छ। प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले प्रहरीको आफ्नो भवन र आवश्यकताअनुसार जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको थियो, अब नयाँ भवन निर्माण भएपछि सहज हुने बताए।  

विगतको समयमा जिल्ला प्रहरी कार्यालयको आफ्नो भवन नहुँदा कर्मचारी व्यवस्थापनमा समस्या भएको थियो। भवन अभावमा प्रहरी अधिकृतहरु जिल्ला प्रशासन कार्यालयमा बस्दै आएका थिए। प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले पनि गतिलो भवन नहुँदा निकै समस्या हुँदै आएको बताए। -रासस
 

कमेन्ट लोड गर्नुस