सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्व किर्तिमान राखेकि सुजल बमलाई गृह जिल्ला डोटीमा सम्मान

२०७६ पुष ८, १०:११ खबर संवाददाता

डोटी: विश्व किर्तिमान कायम गर्न सफल सुजल बमलाई गृह जिल्ला डोटीमा सम्मान गरिएको छ। सुन्न र बोल्न नसक्ने भएर पनि गीतमा अभिनय गरेर विश्व किर्तिमान राख्न सफल उनलाई स्वागत तथा सम्मान गरिएको हो।

मंगलबार एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल डोटी जिल्ला कार्य समितिले उनलाई स्वागत तथा सम्मान गरेको हो।

१९ जुलाई २०१९ मा ‘एभरेष्ट वल्र्ड रेकर्ड’ राखेकि उनले ‘झिमझिम परेली’ र ‘बैनि झ्यालैमा’ मा मोडलिङ गरिसकेकि छिन्। उनको निलो रङको अद्धितिय आखाँको कारण पनि उनी चर्चित छिन्। 

 

कमेन्ट लोड गर्नुस