धनगढीमा दुई लाख ५० हजार घुससहित पक्राउ परेका इन्जिनीयर विरुद्ध मुद्दा
दुई लाख ५० हजार घुस रकम सहित पक्राउ परेका शहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यान्वयन इकाई धनगढीका इन्जिनीयर विरुद्ध मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर १३ गते घुस सहित पक्राउ परेका इन्जिनीयर त्रिलोक जोशी विरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको जनाएको छ।
जोशीले निर्माण व्यवसायीबाट बैतडीमा निर्माणाधिन जिल्ला समन्वय समितिको भवन र दार्चुलाको हिकिला स्वास्थ्य चौकीको रनिङ बिल फरफारक गराईदिने भन्दै लिएको घुस रकम सहित पक्राउ परेका थिए।