बाजुरामा दाईले बोकेको बन्दुक पड्किदा भाई गम्भीर, दाई पक्राउ
बाजुरामा दाईले बोकेको बन्दुक पड्किदा भाई गम्भीर भएका छन्। जिल्लाको बुढिन्नदा नगरपालिका ८ बस्ने ३० बर्षका सुरेन्द्र गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी उद्धब सिं भाटले बताए। सोमबार साँझ वडा नम्बर ८ र ९ पाण्डुसेनको बिच सिल्केलेक जंगलमा शिकार खेल्न गएका वेला दाई नरेन्द्र गिरीले बोकेको भरुवा बन्दुक पड्िकदा भाई सुरेन्द्र गम्भीर घाईते भएका हुन्।
उनको बाँया कोखमा गोलि लागेको प्रहरीले जनाएको छ। नरेन्द्र हिउँमा चिप्लियर बन्दुक पड्किएको हुन सक्ने प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ। घाइते सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याईएको भएपनि उपचार सम्भव नहुदा उनलाई अछामको वयलपाटा अस्पतालमा रिफर गरिएको छ।
नरेन्द्रलाई प्रक्राउ गरि उनले जंगलमा लुकाइ राखेको एक थान भरुवा बन्दुक समेत बरामत गरेको बाजुरा प्रहरी प्रमुख भाटले बताए। उक्त क्षेत्रमा भरुवा बन्दुक अरु पनि हुन सक्ने भन्दै प्रहरीले खोजी गरिरहेको जनाएको छ।