सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भालुको आक्रमणबाट ४० वर्षीय महिला गम्भीर घाइते

२०७६ पुष ७, ०७:०९ खबर संवाददाता

बझाङ: बझाङको जयपृथ्वी नगरपालिकाको ७ नम्बर वडामा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन्। सोमबार दिउँसो १ बजेतिर जयपृथ्वी नगरपालिकाको कोइरालीखेतमा ४० वर्षकी सितादेवी रोकाया गम्भीर घाइते भएकी हुन्।

घाइते रोकायाको टाउकोको छालासहितको भित्री भाग निक्लिएकाले बझाङ जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज रेफर गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले बताए। 

एउटा माउ भालु र दुईवटा बच्चासहित तीन भालु एक हप्तादेखि जयपृथ्वी नगरपालिकाका विभिन्न गाउँ पसेर आतंक मच्चाइरहेका छन्। 

कमेन्ट लोड गर्नुस