सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा माघदेखि प्याराग्लाडिङ सञ्चालनको तयारी, जिपलाइनको डिपिआर तयार

२०७६ पुष ७, ०५:५० खबर संवाददाता

बैतडी: बैतडीमा प्याराग्लाइडिङको सफल परीक्षणपछि माघदेखि नियमित रुपमा प्याराग्लाडिङ सञ्चालनको तयारी भइरहेको छ। भ्रमण वर्ष २०२० लाई लक्षित गरेर बैतडीको आकाशमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो। 

बैतडीको पाटन र दोगडाकेदारमा प्याराग्लाइडिङ उडान सफल भएको बैतडी अमेजिङ एडभान्चर प्रालिका भुपेन्द्र कार्कीले बताए। तीन ठाउँमा परीक्षण गरिएको प्याराग्लाइडिङ उडान बैतडीको पाटनमा सबैभन्दा राम्रो रहेको प्यारा ग्लाइडर सागर कार्कीले बताए। 

प्याराग्लाइडिङको सफल उडानले बैतडीमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिने सम्भावना बढेको बैतडी अमेजिङ एडभान्चर प्रालिका भुपेन्द्र कार्कीले बताए। ‘भ्रमण वर्ष सफल पार्न बैतडीमा प्याराग्लाइडिङ, जिपलाइन र ¥याफ्टिङको काम अघि बढेको छ’ उनले भने।

दोगडाकेदार गाउँपालिकाको आर्थिक सहयोगमा दोगडाकेदारको सिल्लेगडामा १३ सय मिटर जिपलाइनको डीपीआर समेत तयार भएको छ। त्यसैगरी चमेलिया, सेती र महाकालीमा ¥याफ्टिङको तयारी भइरहेको उनले बताए। 

भ्रमण वर्ष २०२० का लागि दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकाले पर्यटकीय स्थलको गुरुयोजना बनाएर काम अघि बढाएको जानकारी दिएका छन्। आन्तरिक मात्र नभएर बाह्य पर्यटकलाई समेत भित्राउने लक्ष्य रहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस