सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा तस्करीको काठ सहित दुईजना पक्राउ

२०७६ पुष ७, १०:४४ खबर संवाददाता

कैलालीमा एक सय चार क्युफिट काठ सहित तस्करीमा संलग्न दुई जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ मा रहेको रातापानी सामुदायिक वनबाट काठ सहित तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब दक्षकुमार बस्नेतले पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका १० का ३७ वर्षीय बलबहादुर चौधरी र सोही ठाउँका ४० वर्षीय करन चौधरी रहेको जानकारी दिए।

उनका अनुसार रुख ढालेर काठ काटीरहेको अवस्थामा उनीहरुलाई हतियार सहित पक्राउ गरिएको हो। उनीहरुको साथबाट तीन थान हाते चिरान आरा, एक थान गेल्ने आरा बरामद गरिएको छ। दुवैजनालाई आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालय अत्तरियाको जिम्मा लगाईएको छ ।  

 

कमेन्ट लोड गर्नुस