कैलालीमा मोटरसाईलको ठक्करबाट वाणिज्य बैँकका सुरक्षा गार्डको मृत्यु
कैलालीमा गाउँपालिकाको मोटरसाईकलले ठक्कर दिदा घाईते भएका बैंकका गार्डको मृत्यु भएको छ। गत पुष ५ गते जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर–३ झिल स्थित पूर्वपश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको मोहन्याल गाउँपालिकाको से १ ब ६९१ नम्वरको मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते भएका राष्ट्रिय बाणिज्य बैंक शाखा चौमलाका गार्ड ३७ बर्षीय प्रेमराज ओझाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले ओझाको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको बताए। ओझालाई ठक्कर दिने मोटरसाईकल र चालक मोहन्याल गाउँपालिकाका कर्मचारी ४० बर्षीय दिपेन्द्र बुढा प्रहरीको नियन्त्रणमा रहेका छन्।