सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिनियाँको तुलनामा भारतीय प्याज प्रतिकिलो ४५ रुपैयाँ महँगो

२०७६ पुष ७, ०६:१७ खबर संवाददाता

लामो समयदेखि नेपाली बजारमा भारतीय प्याज आयात भएको थिएन। दसैंको मुखैमा भारतले अनिश्चितकालका लागि सुकेको प्याज निर्यात बन्द गरेको थियो। भारतले प्याज निर्यातमा रोक लगाएपछि दैनिक ८० देखि ९० टन चिनियाँ प्याज नेपाल भित्रिरहेको छ।

प्याज रोप्ने समयमा बाढी, पहिरोको कारणले समस्या भएको थियो भने भारतले आन्तरिक माग पूरा गर्न नसकेर प्याज आयातमा रोक लगाएको हो। तर पछिल्लो ३(४ दिन यता भने बजारमा भारतीय प्याज पनि छिटपुट मात्रामा देखिन थालेको छ। यस विषयमा कुरा गर्दा कालीमाटी  फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले प्याज निर्यातको लागि भारतले प्रतिबन्ध फुकुवा नगरेको बताए। श्रेष्ठका अनुसार प्रतिबन्ध फुकुवा नभएपनि ३( ४ दिन यता नेपालमा भारतीय प्याज आयात भएको छ। 

भारतीय सुकेको प्याज चिनियाँ प्याजको तुलनामा किलोमै २० रुपैयाँदेखि ४५ रुपैयाँसम्म बढिहेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको जानकारी अनुसार आज कालीमाटी तरकारी बजारमा चिनियाँ सुकेको प्याजको अधिकतम खुद्रा मूल्य प्रतिकिलो २१० रुपैयाँ र अधिकतम थोक मूल्य प्रतिकिलो १६५ रुपैयाँ छ भने भारतीय सुकेको प्याजको खुद्रा अधिकतम मूल्य प्रतिकिलो २३० रुपैयाँ र अधिकतम थोक मूल्य प्रतिकिलो २१० रुपैयाँ छ। यसरी तुलनात्मक रुपमा हेर्दा चिनियाँ प्याजको अधिकतम थोक मूल्यको तुलनामा भारतीय प्याजको थोक मूल्य प्रतिकिलो ४५ रुपैयाँ  बढी र  चिनियाँ प्याजको अधिकतम खुद्रा मूल्यको तुलनामा  भारतीय प्याज प्रतिकिलो २० रुपैयाँ बढी  छ। 
 

कमेन्ट लोड गर्नुस