गोरुले हिर्काउंदा घाइते बैतडीकी पार्वतीको उपचारमा आर्थीक सहयोग गर्न अपिल
आफैँले पालेको गोरुले हिर्काउंदा घाइते भएकी बैतडीको मेलौली नगरपालिका वडा नम्बर ५ हडिना सेराकी पार्वती चन्दको उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरिएको छ।
आर्थिक अभावमा झेलिरहेकी उनी अहिले काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारार्थ छिन्। आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै उपचारकालागि सहयोग गरिदिन उनको परिवारले अपिल गरेका छन्।
गत मसिंर २७ गते उनी आफैँले पालेको गोरुले हिर्काउंदा घाइते भएकी थिईन्। उनका श्रीमानको पनि हृद्धयघातका कारण निधन भएको छ। उनका दुई छोरी र दुई छोरा छन्।
सहयोगका लागि :- ०१०७०१००४२४२३