कैलालीको शिवगंगा सामुदायिक वनको अध्यक्षमा कृष्णराज योगी
कैलालीको शिवगंगा सामुदायिक वनको अध्यक्षमा कृष्णराज योगी विजयी भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ को कुचैनीमा रहेको शिवगंगा सामुदायिक वनको अध्यक्षमा योगी तीन सय आठ मत सहित विजयी भएका हुन्। योगीले प्रतिद्धन्द्धी बाधुराम चौधरीलाई ३३ मतले पराजीत गरे।
चैधरीले दुई सय ७५ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा भागीराम चौधरी तीन सय छ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी शेर बहादुर राजीले दुई सय ५२ मत प्राप्त गरे। सचिवमा सरिता थरुनी दुई सय ९४मत ल्याएर विजयी हुँदा वविता चौधरीले दुई सय ६१ मत प्राप्त गरिन्।
कोषाध्यक्षमा नवराज कडेल तीन सय ११ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी सिद्धराज कडेलले दुई सय ११ मत प्राप्त गरेका छन्। सह–सचिवमा नरेन्द्र बहादुर सिह दुई सय ९० मत ल्याएर विजयी भएका छन्। सह–सचिवकै प्रत्यासी चन्द्रमणी आचार्यले दुई सय ६४ मत प्राप्त गरे।
यस्तै सामुदायिक वनको लेखा समिति संयोजक तिलकराज कडेल दुई सय ४७ ल्याएर विजयी भएका छन्। प्रतिद्धन्द्धी गणेश चन्दले एक सय ६४ मत पाएका छन्।