सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले कैलालीको मोहना नदिमा तटबन्ध बनाउन दिएन

२०७६ पुष ५, ०७:५० खबर संवाददाता

भारतीय सीमा सुरक्षा बलले कैलालीको टीकापुर नगरपालिका–७ कालाकुण्डाको मोहना नदीमा निर्माण कार्य रोकेको छ। 

राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया कुला सिचाईं आयोजनाले मोहना नदीमा निर्माण गरिरहेको तटबन्ध भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकेको हो। भारतीय सीमा सुरक्षा बलले उक्त तटबन्ध भारतीय क्षेत्रमा परेको भन्दै निर्माण कार्यमा रोक लगाएको हो। 

आयोजनाले उक्त क्षेत्रमा ७ सय ५० मिटर तटबन्ध गर्न रमन स्काई जे.भी. निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। भारतीय सीमा सुरक्षा बलले भारतीय सीमा क्षेत्र पर्ने भएकाले निर्माण कार्यमा रोक लगाएको कम्पनीका प्रतिनिधि धिरेन्द्र शाहीले बताए। 
 

कमेन्ट लोड गर्नुस