सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम महोत्सव हिजो, आज र भोली

२०७६ पुष ५, ०६:५५

गोपाल हमाल

२०६३ सालको सुदूरपश्चिम, धेरैले चिन्थे छाउपडी र देउकीको क्षेत्र भनेर। पूर्वी नेपालका वासिन्दालाई त सुदूरपश्चिम आउँदा अर्कै दुनियामा पुगेको अनुभुती नै हुन्थ्यो। सुदूरपश्चिममा कुनै कर्मचारीको सरुवा नै भएपनि ति कर्मचारीले पनि सजाय सम्झिन्थे। यस्ले सुदूरपश्चिम विकास क्षेत्रमा क्षमता नभएकाहरुको मात्रै बस्ती त छैन् भन्ने प्रश्न उब्जाईसकेको थियो।

त्यो अवस्थामा सुदूरपश्चिम छाउपडी र देउकीको क्षेत्र नभई कला, सस्कृतीको धनी, सुन्दर र क्षमता भएकाहरुको क्षेत्र हो भनेर चिनाउनका लागि एउटा साझा थलोको आवश्यकता थियो। त्यो आवश्यकताका पूर्ती गर्नका लागि तत्कालिन समयमा म अध्यक्ष रहेको कैलाली उद्योग वाणिज्य संघले एउटा योजना बनायो, महोत्सव गर्ने। कला, सस्कृतीको प्रदर्शनी र संरक्षण, स्थानीय खानपानको प्रचार र व्यापारसंगै घरेलु उद्योग र कृषि उपजका उत्पादनको बजारीकरण गर्ने साझा थलो महोत्सवलाई बनाउने योजना हाम्रो थियो। 

कैलालीमा सुदूरपश्चिमका ७ जिल्लाका वासिन्दाको मात्रै बसोबास थिएन, तत्कालिन ७५ वटै जिल्लाका वासिन्दा कैलालीमा बस्दै आएका थिए। त्यसैले सुदूरपश्चिमलाई एकाकार गर्ने र मंसिर २२ गतेदेखिको १० दिनलाई पर्वको रुपमा मनाउने हाम्रो उद्येश्य नै बन्यो। ‘कृषि, पर्यटन उद्योग र व्यापार सम्मुनत सुदूरपश्चिममा विकासको आधार’ भन्ने नारा सहित उक्त उद्येश्य पूरा गर्ने अभियानमा म सहित मेरो टीम तल्लिन रह्यो। 

घरेलु उद्योगको बजारिकरणमा सहयोग पुगाउनका लागि महोत्सवमा ९ वटै जिल्लाका घरेलु उद्योगका निशुल्क स्टल राख्ने व्यवस्था मिलायौँ। सुदूरपश्चिमका खानाका परिकार विक्री गराउनकै लागि पनि निशुल्क स्टल राख्न दिने व्यवस्था ग¥यौ। मलाई सम्झना छ, पूर्व सभासद महेश्वर पाठककी श्रीमतीले नै महोत्सवमा फाउने माणाको स्टल राख्नुभएको। 

महोत्सवको मत्वपूर्ण उद्येश्य मध्ये कला, सस्कृतीको संरक्षण गर्नु पनि एउटा थियो। सो समयमा अहिलेको जस्तो न सांगीतीक रियालिटी शो (नेपाल आईड, भ्वाईस अफ नेपाल) हुन्थे न त नृत्यका कार्यक्रम नै। जस्का कारण सुदूरपश्चिमका नवप्रतिभा गुम्सिएर बस्न बाध्य थिए। प्रतिभा प्रस्फुटनका लागि सांगीतीक रियालीटी शो पनि हामीले महोत्सवलाई नै बनाउने ठान्यौ। जस्का कारण महोत्सवमा लोकदोहरी, डेउडा, कविता, मुक्तक प्रतियोगिता नै राख्यौ। नृत्यको कौशल भएकाहरुलाई पनि महोत्सवले मञ्च प्रदान ग¥यौ, नृत्य प्रतियोगिता मार्फत। सो समयमा सुदूरपश्चिम महोत्सवमा प्रथम भएकाहरुको बर्षभरी नै चर्चा हुन्थ्यो। विभिन्न कार्यक्रममा सहभागी हुँदा उनीहरुले भन्थे– ‘सुदूरपश्चिम महोत्सवमा म प्रथम भएको थिए, म द्धितिय भएको थिए...।’

महोत्सवमा झाकी प्रतियोगिता समेत राखेपछि सुदूरपश्चिमका विभिन्न कार्यक्रममा पनि लोक सस्कृतीमा आधारित झाकीहरुको माग बढ्दै गयो। त्यसपछि नै हो, उनीहरुलाई शुल्क तिरेर नै विभिन्न कार्यक्रममा ल्याईन थालिएको। अहिले त त्यस्ले व्यवसायिकता पाउँदै गएको छ। 

सो समयमा छाउपडी र देउकीको विषयमा राष्ट्रिय मिडियामा समाचार आउने भएपनि सुदूरपश्चिमका सकारात्मक पक्षका विषयमा समाचार निकै कम आउथे। सुदूरपश्चिमको पहिचान गराउन राष्ट्रिय मिडिया टिभी र पत्रिकामा कार्यरत पत्रकारलाई खाने बस्ने व्यवस्थापन सहित धनगढी ल्यायौँ। उनीहरुलाई मेला अवधीभरी सुदूरपश्चिमका विभिन्न स्थानमा भ्रमण गराईयो। त्यसपछि सुदूरपश्चिमका सकारात्मक विषयले पनि राष्ट्रिय मिडियामा स्थान पाउने क्रम बढ्यो।

महोत्सवसंगै सुरु भएको थियो शालिन र सभ्य माला आन्दोलन। २१ बुँदे मागपत्र पनि सबै जिल्लाका उद्योग वाणिज्य संघ, यस क्षेत्रको नागरिक समाज र अगुवाहरुसंग छलफलपछि निर्धारण गरिएको थियो। सुदूरपश्चिम विकास क्षेत्रले पाउनुपर्ने र सुरु भएका तर सम्पन्न नभएका योजनालाई समेटेर २१ बुँदे मागपत्र तयार पारिएको थियो। पहिलो पटक २१ बुँदे माग सहित २१ किलोको माला पूर्व प्रधानमन्त्री शेरवहादुर देउवालाई लगायौ। महोत्सवको उद्धघाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले भन्नुभएको थियो– ‘म सुदूरपश्चिमको छोरा हुँ, पश्चिम सेती जलविद्युत आयोजना एक बनाउँछु, दुई बनाउछु, तीन बनाउँछु।’ 

अर्को महोत्सवमा २१ किलोकै माला तत्कालिन सभामुख सुवास नेम्वाङलाई पहिरायौ। उहाँले भन्नुभएको थियो ‘मैले २१ किलोको माला सहित मागपत्र लगरे काठमाडौँ जान्छु। माग पूरा गराउनका लागि सम्वन्धीत निकाय समक्ष पेश गर्नेछु।’ 
तेश्रो पटक प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई माला लगायौँ र उहाँले भन्नुभएको थियो– ‘यो परिवर्तन ल्याउनका लागि सुदूरपश्चिमको योगदान ठूलो छ। यस क्षेत्रबाट जनयुद्धमा धेरैले सहादत प्राप्त गरेका छन्। केन्द्रिकृत राज्यले हेपेको क्षेत्र भएकाले सुदूरपश्चिमलाई अव न्याय हुन्छ। अवको दशक सुदूरपश्चिमका लागि नै हो।’ तर उहाँहरुले भने जस्तो भएन र अहिले पनि थुप्रै माग पूरा भएका छैनन्। 

तत्कालिन समयमा महोत्सवमा प्रवेश शुल्क १० रुपैँया (विद्यार्थी) र २० रुपैँया मात्रै राखेका थियौँ। सुदूरपश्चिमका खानपानको स्टल निशुल्क थियो भने घरेलु उद्योगका केही स्टलबाट पनि हामीले कुनै शुल्क लिएका थिएनौ। व्यापारिक स्टलको भाडा तीन हजार, महिला उद्यमी तथा घरेलु उद्यमी स्टलको भाडा एक हजार ५ सय, रेष्टुरेन्टको ५ हजार मात्रै भाडा थियो। जिल्ला विकास र नगरपालिकालाई प्रवद्र्धकमा रुपमा राखेका थियौ तर दुवै निकायले आर्थिक सहयोग गरेका थिएनन्। यति सम्मकी हामीले मुख्य प्रायोजक समेत पाएनौ। यद्यपी महोत्सवबाट केही रकम जोगाउन सफल भयौँ र सो रकम सुदूरपश्चिम चिनाउनका लागि खर्च गर्ने निधो ग¥यौ। 

सोही अनुसार हामीले काठमाडौँको वल्र्ड ट्रेड सेन्टरमा सुदूरपश्चिमका खानाका परिकार सहित फोटो प्रदर्शनी र विक्री तथा कला सस्कृतीको प्रदर्शनी नै राख्यौ। ६ दिन सम्म चलेको प्रदर्शनीमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा, अर्थमन्त्री बाबुराम भट्टराई, सस्कृती मन्त्री हिसिला यमी, श्रम तथा यातायात मन्त्री लेखराज भट्ट, बन मन्त्री किरण गुरुङ, मुख्य सचिव डाक्टर भोजराज घिमिरे, राष्ट्रकवी माधव घिमिरे, साहित्यकार तुलसी दिवसको समेत सहभागिता रह्यो। उनीहरुसंगै देशका प्रतिष्ठित साहित्यकार, सुदूरपश्चिमका  उच्च पदस्थ कर्मचारी, सेवा निवृत्त कर्मचारी, पूर्व र वर्तमान प्रहरी अधिकारी लगायतलाई निम्ता गरेका थियौ। 

सुदूरपश्चिमका पर्यटकीय गन्तव्यको प्रचार–प्रशारकै लागि हामीले अङग्रेजीमा पुस्तक नै प्रकाशन गर्ने निर्णय ग¥यौ र विदेशीहरुका लागि ईन्क्रेडिवल फारवेष्ट, वन्डरफुल फारवेष्ट भोलम–१, भोलम–२ गरी तीन पुस्तक अङग्रेजीमा प्रकाशन गरियो। सुदूरपश्चिम दर्पण डिभिडी पनि तयार पा¥यौ। महोत्सवबाट भएको आम्दानी सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि पनि काम लाग्थ्यो। एक सय १२ प्रकारका पोष्टर प्रकाशन गरियो भने पोष्टकार्डमा सुदूरपश्चिमकै पर्यटकीय गन्तव्य राख्ने परिपाटीको विकास गरियो। 
हामीले सुदूरपश्चिमका कृषकहरुलाई सम्मान गर्ने परिपाटीको पनि विकास ग¥यौ। सुदूरपश्चिममा किसानले सम्मान पाएको त्यो नै पहिलो पटक थियो। पहिलो बर्ष एक जना किसान भाट जि र अर्को बर्ष वली जि सम्मानित भए। सो समयमा सम्मानित किसानहरुले नै भनेका थिए– ‘अरुले सम्मान पाउँछ भन्ने त सुनेको थिए, किसानले पनि सम्मान पाउने रहेछ।’ 

त्योसंगै सुदूरपश्चिमलाई प्रवद्र्धन गर्ने र चिनाउने पत्रकारलाई सम्मान गर्ने कार्यको पनि सुरुवात गरियो। सुदूरपश्चिमकै पत्रपत्रिका मार्फत यस क्षेत्रलाई प्रवद्र्धन गर्ने पत्रकारलाई कैलाली उद्योग वाणिज्य संघका सस्थापक अध्यक्षको नाममा रहेको दिलिपसिंह मल्ल आर्थिक पत्रकारीता पुरस्कार मार्फत नगद ३१ हजार सहित सम्मान गर्ने निर्णय भयो। पहिलो पटक उक्त पुरस्कार पत्रकार दीर्घराज उपाध्यायले पाए। 

यसक्षेत्रमा रही राष्ट्रिय सञ्चार माध्यममा कार्यरत पत्रकारलाई जयपृथ्वीवहादुर सिंह पत्रकारीता पुरस्कार दिने निर्णय भयो। जस्को पुरस्कार राशी पनि ३१ हजार नै थियो। उक्त पुरस्कार अन्नपूर्णकर्मी शिवराज भट्टले पाए। छनोटका लागि छुट्टै समिति समेत रहेको थियो। कारणवस उक्त परिपाटीले निरन्तरता पाउन सकेन्। 

लामो समय सम्म डडेल्धुराको टीम अस्पताल सञ्चालन गरेर हजारौ विरामीको सेवा गर्नुभएका डाक्टर सिमनलाई समेत अमेरिकाबाट बोलाएर सम्मान ग¥यौँ भने गेटालाई औद्योगीक ग्रामको रुपमा विकास गरेर सुदूरपश्चिमलाई औद्योगिक विकास तर्फ उन्मुख गराउने तोलाराम दुग्गडलाई पनि सम्मान ग¥यौ। यो सबै महोत्सवबाटै सम्भव भएको हो।

महोत्सवकै आम्दानीबाट उद्योग वाणिज्य संघको हलको पूर्वपट्टि महिला तथा पूरुष शौचालय निर्माण गर्न सफल भयौँ भने रेष्टुरेन्ट, स्टरो र भान्सा निर्माण पनि ग¥यौ। हलकोमाथि आवासगृह निर्माण गरि उद्योग वाणिज्य संघको नियमीत आम्दानीको श्रोत बनाईयो। ईलेक्टीफिकेसन, प्लस्तर, सेनेटरी, रंङगोनको लगायत फिनिसिङको काम मपछि उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष बन्नुभएका दिनेश भण्डारीको कार्यकालमा सम्पन्न भएको थियो। 

महोत्सव अघि सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्षलाई बोलाउने र सुदूरपश्चिमको सामुहिक एजेण्डा तय गर्ने परिपाटी नै बसाल्न सफल भएका थियौँ। उक्त एजेण्डा स्थापीत गर्नका लागि बर्षभरी नै लविङ गर्ने हाम्रो योजना हुन्थ्यो। सो समयमा सुदूरपश्चिम छुट्टै विकास क्षेत्र भनिए पनि मध्यपश्चिम विकास क्षेत्रको उपक्षेत्रीय जस्तै थियो। योजना आयोग, राजश्व परामर्शको बैठक नेपालगञ्जमै सिमित थिए। ९ जिल्लाकै उद्योग वाणिज्य संघको छलफलपछि दुवै बैठक सुदूरपश्चिममै गर्नुपर्ने र नभए सहभागी नहुने लिखित पत्र नै सम्वन्धित नियकायमा पठाईयौ। जस्को दवाव स्वरुप पहिलो बैठक सुरेन्द्र पाण्डेय अर्थमन्त्री हुँदा कामु सचिव रामेश्वर खनाल सहभागी भएर धनगढीमा राजश्व परामर्शको बैठक सम्पन्न भयो। उक्त बैठक अहिले नियमित रुपमा सुदूरपश्चिमका विभिन्न स्थानमा बस्दै आएको छ। त्यसैले हामीले रमाईलो मात्रै नभई समग्र सुदूरपश्चिमको प्रवद्र्धनका लागि र सभ्य तथा शालिन आन्दोनका रुपमा महोत्सवको सुरुवात गरेका थियौँ।

धनगढीमा १४ औँ संस्करणको महोत्सव समापनको संघारमा छ। अहिले १४ बर्ष अगाडीको जस्तो अवस्था छैन्। प्रवेश शूलक बढेर ५० पुगेको छ, स्टलको भाडा १५ सयदेखि ५ हजार रहेकोमा बढेर १५ हजारदेखि २२ हजार सम्म पुगेको छ। सरकारी निकायले सहयोग गर्न थालेका छन्, मुख्य प्रायोजक छानीछानी राख्नु पर्ने अवस्था छ। तर पनि पछिल्ला केही बर्षयता महोत्सव उद्येश्य अनुसार सञ्चालन हुन नसकेको गुनासो धेरैले मलाई पनि सुनाएका छन्। त्यो गुनासो सम्वोधनका लागि सुदूरपश्चिम महोत्सव नारामा भनिए झै सञ्चालन हुन आवश्यक छ। 

घरेलु उद्योगको प्रवद्र्धन गर्नका लागि महोत्सवभित्र सके निशुल्क नभए न्यून शुल्कमा स्टल राख्ने व्यवस्था हुनुपर्छ। त्यस्मा ९ वटै जिल्लाको प्रतिनिधित्व गराउन आवश्यक छ। विद्यालय स्तरीय नृत्य प्रतियोगिताले प्रतिभा उजागरमा महत्वपूर्ण भुमिका खेल्छ। त्योसंगै दोहोरी, डेउडा, कविता, मुक्तक लगायतका प्रतियोगिताले पनि गुम्सिएर रहेका प्रतिभा प्रस्फुटनमा सजिलो हुन्छ। उनीहरुलाई नगद पुरस्कार सहित ट्रफीको व्यवस्था गर्न सकिए नेपाली संगीतको भविष्य सुदूरपश्चिम महोत्सवले उत्पादन गर्न सक्छ भन्नेमा दुविधा छैन्। सायद त्यस्तै प्रतियोगिता भईदिएको भए नेपाल आईडलबाट चम्किएका रवि ओड सुदूरपश्चिम महोत्सवकै उत्पादन पनि हुन सक्थे। 

स्वरोजगरको प्रमुख क्षेत्र नै कृषि हो। तर सुदूरपश्चिम महोत्सवमा कृषकहरुका लागि ठाउँ खुम्चिदै गएको छ। त्यो ठाउँ फराकिलो बनाउन आवश्यक छ। त्यस्का लागि कृषिमा पनि प्रतियोगिता गरी उनीहरुलाई नगद सहित सम्मान गर्न सकियो भने कृषिमा आकर्षण मात्रै बढ्ने थिएन साच्चीकै सुदूरपश्चिम महोत्सव साझा थलो समेत बन्न सक्छ। त्यस्का लागि कृषिका स्टल निशुल्क उपलव्ध गराउने व्यवस्था हुन आवश्यक छ। सुदूरपश्चिम महोत्सवलाई प्रविधि हस्तान्तरणको थलोको रुपमा पनि विकास गर्न सकिन्छ। कृषि, उद्योग, सेवा लगायतको क्षेत्रमा भित्रिएका प्रविधीलाई महोत्सवभित्रै हस्तान्तरण गर्ने व्यवस्था मिलाउनपर्छ। 

यि सबै योजना सफल बनाउन महोत्सव मार्फत भएको आम्दानीको सदुपयोग हुन आवश्यक छ। १४ औँ सस्करणको महोत्सव आईतवार सकिदै छ। अर्को महोत्सवको योजना बनाउँनका लागि एक बर्ष समय छ। पछिल्लो धेरै बर्ष यता सुदूरपश्चिमलाई चिनाउने नयाँ पोष्टर र पुस्तक समेत छापिएका छैनन्। त्यसैले सुदूरपश्चिमका ९ वटै जिल्लाका पर्यटकीय गन्तव्यहरुको नयाँ ढङगले फोटोग्राफी गर्दै पोष्टर तथा प्रचार सामाग्री प्रकाशन गरी अर्को महोत्सवमा विक्री वितरणका लागि तयार पार्न आवश्यक छ। १५ औँ सस्करणको महोत्सवलाई साच्चीकै सुदूरपश्चिमको साझा थलो बनाउने गरी योजना कार्यान्वयन भए वर्तमान कैलाली उद्योग वाणिज्य संघको कार्यसमितिको सफलताको मापन हुने थियो। वर्तमान टीम यो अभियानमा सफल होस, मेरो शुभकामना।

गोपाल हमाल कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य हुन्।

कमेन्ट लोड गर्नुस