सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बसको ठक्करबाट अटो रिक्सा चालक घाईते

२०७६ पुष ५, ०५:२३ खबर संवाददाता

कैलालीमा बसको ठक्करबाट अटो रिक्सा चालक घाईते भएका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को बौनिया–खैरेनी सडकमा बसले से १ ह २३८२ अटोलाई ठक्कर दिदा चालक ५० वर्षका डम्मर भण्डारी घाईते भएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक ध्रुवबहादुर बिष्टले अटोलाई ना ५ ख ९०७९ बसले ठक्कर दिदा घाईते भएका भण्डारीको अवस्था मध्यम रहेको छ। उनको बौनियाको बर्दगोरिया अस्पताल प्रालीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस र चालक बर्दगोरिया वडा नम्बर ३ का २२ वर्षीय रमेश सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

कमेन्ट लोड गर्नुस