सुदूरपश्चिम महोत्सवमा दर्शकको घुईचो, ठाउँ नभएपछि टिकट बिक्रि बन्द (फोटो फिचर)
धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा दर्शकको घुईचो लागेको छ। संघि प्रहरी ईकाईको खेल मैदानमा जारी महोत्सवमा दर्शकको अत्यधिक चाप भएपछि आयोजक कैलाली उद्योग वाणिज्य संघले टिकट बिक्रि बन्द गरेको छ।
कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले दर्शकको भीड बढेर ठाउँ नभएपछि टिकट बिक्रि रोकेको बताए। टिकट बिक्रि रोकिएपछि महोत्सव स्थलमा प्रवेश गर्न नपाएका दर्शकहरु सडकमै उभिएका छन्।
साल्ट टे«डिङको कार्यालयदेखि एलएन चोक सम्म घुईचो लागेको छ। जसका कारण मुख्य सडक भएर हुने सवारी साधनको आवागमन रोकिएको छ। अहिले शहिद गेटदेखि राष्ट्र बैैँक जोड्ने सडकबाट सवारी साधन सुचारु गरिएको छ।