सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको लक्ष्मीनारायण मन्दिरमा एक महिने धनुर्मास व्रत उत्सव जारी

२०७६ पुष ५, ०१:०५ खबर संवाददाता

धनगढीको लक्ष्मीनारायण मन्दिरमा पुष १ गतेदेखि सुरु भएको एक महिने धनुर्मास व्रत उत्सव जारी रहेको छ। व्रत अन्तरगत हरेक दिन बिहान छ बजेदेखि आरती हुदै आएको लक्ष्मीनारायण मन्दिरले जनाएको छ। मन्दिरमा व्रत उत्सवमा दैनिक मन्दिरका १००८ स्वामी देवराज आचार्यले सनातन धर्मका विषयमा प्रवचन दिदै आएका छन्।

लक्ष्मी व्रतका रुपमा मनाईने यो उत्सव पुष मसान्त सम्म चल्नेछ। पृथ्वीकी देवि नै गोदा नामले तुलसी वनबाट अवतार लिएर वृन्द्रका गोप वालिकाहरुको साथ सम्मेलित भएको अवसरमा यो उत्सव मनाईने गरेको मन्दिरका स्वामी आचार्यले बताए। उत्सवमा सहभागि सबैलाई प्रशादको रुपमा खिर समेत दिने गरिएको छ।  
 

कमेन्ट लोड गर्नुस