सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बालिकामाथि हातपात गर्ने युवक पक्राउ

२०७६ पुष ५, १०:२५ खबर संवाददाता

कैलालीमा बालिकामाथि हातपात गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर १ का ३६ वर्षीय  बिर बहादुर बमलाई बालिकामाथि हातपात गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय फल्टुडेले घरमा कोही नभएको मौका छोपेर बमले मापसे सेवन गरी बालिकामाथि हातपात गरेको उजुरीका आधारमा पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरिक्षक माधव विश्वकर्माले पक्राउ परेका बमलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाईएको जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस