आज धनगढी जेसिजको चुनावी अधिबेशन, अध्यक्षमा ४ जनाको उम्मेदवारी
२०७६ पुष ५, १०:०५
आज धनगढी जेसिजको ३७ औँ शाखा अधिबेशन केही बेरमा सुरु हुँदै छ। अधिबेशनको केही बेरमा प्रदेश सभा सदस्य डिल्लीराज पन्तले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ।
अधिबेशनले बर्ष २०२० का लागि नयाँ नेतृत्व चयन गर्नेछ। बर्ष २०१९ का अध्यक्ष नरेन्द्रराज अवस्थीका अनुसार अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ। श्याम पाठक, कमल पनेरु, भुवन पाण्डेय र नरेश धामीको अध्यक्षमा उम्मेदवारी परेको हो।
कमेन्ट लोड गर्नुस