कैलालीमा गाउँपालिकाको मोटरसाईकलले ठक्कर दिदा बैंकका गार्ड घाईते
कैलालीमा गाउँपालिकाको मोटरसाईकलले ठक्कर दिदा बैंकका गार्ड घाईते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर–३ झिल स्थित पूर्वपश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको मोहन्याल गाउँपालिकाको से १ ब ६९१ नम्वरको मोटरसाईकलको ठक्करबाट एक जना गम्भिर घाईते भएका हुन्।
राष्ट्रिय बाणिज्य बैंक शाखा चौमलाका गार्ड ३७ बर्षीय प्रेमराज ओझा गम्भिर घाईते भएका हुन्। उनको टाउकोमा चोट लागेपछि उपचारको लागि मायामेट्रो अस्पताल धनगढी ल्याईएकोमा अवस्था गम्भिर देखिएपछि थप उपचारका लागि कोहलपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार ठक्कर दिने चालक मोहन्याल गाउँपालिकाका कर्मचारी ४० बर्षीय दिपेन्द्र बुढालाई नियन्त्रणमा लिईएको छ।