छोराको जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई शैक्षिक सामाग्री
२०७६ पुष ४, ०६:२४
धनगढी: कैलालीको धनगढीमा एक व्यक्तिले आफ्नो छोराको जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका छन्।
नेपाल विद्यार्थी संघ कैलालीका जिल्ला सदस्य ओम जङ्ग सिहँले आफ्नो छोरा अनमोल सिहको जन्मदिन धनगढीमा रहेको आमाको माया छात्रबासमा मनाएका छन्।
जन्मदिनको अवसमा उनले छात्रवासमा रहेका ३२ जना अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हुन।
कमेन्ट लोड गर्नुस