धनगढीबाट ८ बर्षीय बालक वेपत्ता
धनगढीबाट ८ बर्षीय बालक वेपत्ता भएका छन्। बझाङ घर भई शिबनगर बस्दै आएका ८ बर्षीय अनिष बाग वेपत्ता भएका हुन्। शिवनगरमा रहेको स्टोन ब्रीज स्कुलमा कक्षा १ मा अध्ययनरत बाग बिहिवार साढे ५ बजे कोठाबाट खेल्न भनेर साइकलमा निस्केका थिए।
अनिषका दाई नविन बागले राती सम्म पनि घर नफर्किएपछि खोजी सुरु गरेको बताउँदै अहिले सम्म फेला नपरेको बताए। उनले आफन्तहरुलाई सम्पर्क गर्दा पनि अनिषको पत्ता नलागेको बताए। जिल्ला प्रहरी कार्यालय कैलालीलाई पनि खोजीका लागि खवर भईसकेको बताए।
जिल्ला प्रहरी कार्यालय कैलालीले उनको खोजी कार्य जारी रहेको जनाएको छ।