सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ऐश्वर्या बहुमुखी क्याम्पस बृद्धि गरिएको शुल्क घटाउन सहमत

२०७६ पुष ३, ०१:२६ खबर संवाददाता

धनगढीको ऐश्वर्या बहुुमुखी क्याम्पस बृद्धि गरिएको शैक्षिक शुल्क घटाउन समहत भएको छ। क्याम्पस प्रशासन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववीयु) ऐश्वर्या बहुमुखी क्याम्पस कमिटिबिच आज बृद्धि गरिएको शुल्क घटाउने सहमती भएको हो। अनेरास्वीयुका संयोजक बलबहादुर ओलीले क्याम्पस प्रशासनसंग तत्काल बृद्धि गरिएको २५ प्रतिशत शुल्क घटाउने सहमती भएको जानकारी दिए।

यस्तै क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई मार नपर्ने गरी तीन वर्ष सम्म शुल्क बृद्धि नगर्ने, पुस्तकालयबाट विद्यार्थीले अनिवार्य रुपमा तीन पुस्तक पाउने क्याम्पसले डिजिटल  प्रविधीबाट अध्यापन गराउन जोड दिने र क्याम्पसले विद्यार्थीका लागि थप सवारी साधनको व्यवस्थापन गर्ने सहमती समेत भएको अनेरास्ववीयुका सहसंयोजक ह्रदय सापकोटाले बताए। यसअघि अनेरास्ववीयुले क्याम्पसले एकलौटी रुपमा शैक्षिक शुल्क बृद्धि गरेको भन्दै फिर्ता लिन माग गरेको थियो।  

 

कमेन्ट लोड गर्नुस