सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारद्धारा विरुवा वितरणमा एक करोड खर्च, अनियमितता भएको आशंका

२०७६ पुष ३, १२:५४ भुवन भट्ट

सुदूरपश्चिम प्रदेशको भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षमा ल्याएको एक घर ५ फलफुल रोपण कार्यक्रम प्रभावकारी नभएको पाईएको छ। एक घर ५ फलफूल रोपण कार्यक्रम भनिए पनि अधिकासं किसानहरुलाई भने २, ३ वटा फलफूलाका विरुवा दिईएको देखिएको छ।

मन्त्रालयले भने कार्यक्रममा शत प्रतिशत प्रगती भएको भन्दै विनियोजित सबै बजेट खर्च समेत गरेको छ। मन्त्रालयले गत आर्थिक वर्षमा एक घर ५ फलफुल बोट रोपण कार्यक्रमका लागि ९९ सय लाख ९० हजार बजेट विनियोजन गरेकोमा शत प्रतिशत प्रगती देखाएर सबै बजेट खर्च गरेको छ।

त्यस्मा २७ हजार परिवारलाई ५ फलफूलका विरुवाका दरले एक लाख ३५ हजार विरुवा बाडिएको दावी गरिएको छ। तर अधिकासं किसानहरुले भने बढिमा दुई फलफूलका विरुवा मात्रै पाएको बताएका छन्। धनगढीका किसान खेम पौडेलले पनि विरुवा अभाव भएको भन्दै दुई विरुमा मात्रै दिईएको बताए।

एक परिवार ५ विरुवा नाम दिए पनि आफुले भने दुई विरुमा मात्रै पाएको उनको दावी छ। कैलाली, कञ्चनपुरका २२ वटै स्थानीय तहलाई विरुवा वितरण गरीएपनी अधिकासं स्थानीय तहहरुले पनि प्रति परिवार ५ बिरुवाका दरले बिरुवा नपाएको जनाएका छन्।

तीन हजार बिरुवा उपलब्ध गराईने भनी मन्त्रालयबाट सूचनामा उपलब्ध भएपनी विरुवा वितरण गर्दा १५ सय मात्रै उपलब्ध गराएको कञ्चनपुरको लालझाँडी गाउँपालिकाकी कृषि शाखा प्रमुख रुपा चौधरी ले बताईन्। गाउँपालिकाले विभिन्न ५ प्रजाती मध्ये लिचिको विरुवा पनी मन्त्रालयबाटै नल्याईदा अन्य वितरण गरीएको उनले बताए।

मन्त्रालयले कागजी रुपमा बढि बिरुवा वितरण गरेको देखाए पनि आधा मात्रै बिरुवा वितरण गरिएको दावी समाचार स्रोतको छ। तर मन्त्रालयले सुदूरपश्चिमका ९ वटै जिल्लाका २७ हजार परीवारलाई ५ बिरुवाका दरले बिरुवा उपलब्ध गराईएको दावी गरेको छ। स्थानीय तह मार्फत बिरुवा वितरण गरीएको मन्त्रालयले जनाएको छ।

रौतहटको एउटा नर्षरी बाट उन्नत जातका विरुवा ल्याएर किसानहरुलाई वितरण गरीएको मन्त्रालयका सूचना अधिकारी जनकराज बोहराले बताए। उनले बार्षिक प्रगतीमा देखाए बमोजिम बिरुवा वितरण गरिएको दावी गरे।

भुवन भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस