धनगढीका व्यापारी धामीको निधन
२०७६ पुष ३, ०७:२८
धनगढीका व्यापारी तथा भूप सैनिक संगठनका केन्द्रिय सदस्य ५२ बर्षीय मदनसिंह धामीको निधन भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ उत्तरवेहडीमा रहेको मालिकार्जुन स्टेशनरीका सञ्चालक समेत रहेका भूप सैनिक संगठनका केन्द्रिय सदस्य धामीको गयराती निधन भएको हो।
ब्रेन हेम्ब्रेजका कारण निधन भएको परिवारका सदस्यले जनाएका छन्। उनको अहिले ८ बजे गोदावरी आर्यघाटका लागि शवयात्रा सुरु हुनेछ। धामी मालिकार्जुन दार्चुला सेवा समितिका पूर्ब सह–सचिव पनि हुन।
कमेन्ट लोड गर्नुस