कैलालीमा सागमा पदक विजेता दुई खेलाडी सम्मानित
धनगढी– अत्तरिया उद्योग वाणिज्य सङ्घले भर्खरै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० मा पदक जित्न सफल खेलाडीलाई सम्मानपत्रद्वारा सम्मान गरेको छ।
बुधबार आयोजित एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै सागमा स्वर्ण पदक जित्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का वीरबहादुर महरा र कास्य पदक जित्ने सोही वडाका मनोज मल्ललाई सम्मान गरेको हो।
उनीहरु दुवैलाई उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोकराज देवकोटा र संस्थापक अध्यक्ष वसन्त रोकाय ललितले सम्मानपत्र प्रदान गरे।