सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारीमा निशुल्क स्वास्थ्य शिविर हुने

फाईल फोटो
फाईल फोटो
२०७६ पुष २, ०६:३५ खबर संवाददाता

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ मा निशुल्क स्वास्थ्य शिविर संञ्चालन हुने भएको छ। धनगढीको चटकपुरमा रहेको सिपी अस्पतालको आयोजनामा एकदिने निशुल्क स्वास्थ्य शिविर संञ्चालन हुने भएको हो।

पौष ५ गते शनिवारका दिन स्वास्थ्य शिविर संञ्चालन हुने आयोजक सिपी अस्पतालका प्रशासक हेमराज जोशीले बताए। शिविरमा वरिष्ठ पेटरोग विशेषज्ञ÷सर्जन डा.चन्द्रप्रकास पाण्डेय, वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. गौरव कुमार गुप्ता र वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. पुजन रन्जीतले विरामी जाँच गर्ने बताईएको छ।

कमेन्ट लोड गर्नुस