चिसो बढ्यो धनगढीमा, न्यूनतम तापक्रम ११ डिग्री मापन
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा चिसो बढ्दै गएको छ। अघिल्लो हप्ता भएको बर्षापछि धनगढीमा चिसो बढ्दै गएको छ। पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम सुरू भएकोमा धनगढीमा पनि बढी चिसो महशुस गरिएको हावापानी कार्यालय अत्तरियाले जनाएको छ।
चिसो अझै बढ्ने क्रममा रहेको कार्यालयले जनाएको छ। यो बर्षको सबैभन्दा कम ८ दिन अगाडी ८ दशमलव ८ डिग्री सेल्सियस तापक्रम मापन गरिएकोमा आज भने न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको हावापानी कार्यालय अत्तरियाका प्रमुख सिंगल चौधरीले बताए। आज अधित्तम तापक्रम भने १५ दशमलव २ डिग्री सेल्सियस रहेको छ।
मौसम पुर्वानुमान मशाखाका अनुसार अबको केही दिन तापक्रम घटबढ भइरहने छ। पश्चिमी वायु सक्रिय भएकाले देशको पश्चिमी तथा मध्य हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।