सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्याज खेती गरेर महिना दिनमै करोडपति बनेका मल्लिकार्जून

२०७६ मंसिर ३०, ०७:२४ खबर संवाददाता

समय समयमा तरकारीको मूल्यले उपभोक्ताको मासिक आम्दानी र खर्चलाई असन्तुलित बनाउँदै आएको छ। पछिल्लोपटक प्याजको मूल्य आकाशिदा उपभोक्ताले प्याज आयातको विकल्प र उत्पादनमा आत्मनिर्भर हुनुपर्ने तर्क अघि सारे। तर उपभोक्ताको ढाड सेकिरहँदा एकजना किसानका लागि भने प्याजको आकाशिएको मूल्यले ‘करोडपति’ बनाएको छ। भारत बेंगलौर नजिकैका एकजना प्याज खेती गर्ने किसानलाई बढ्दो मूल्यले ‘ज्याकपट’ लागेको छ।

बेंग्लौर भन्दा करीब दुई सय किलोमिटर टाढा चित्रदुर्गा जिल्लाका ४२ वर्षिय किसान मल्लिकार्जून महिना दिनमा करोडपति बने। उनले पाँच लाख ऋण लिएर प्याजको बिऊ गरे। मल्लिकार्जून भन्छन “मैले जिवनकै सबैभन्दा ठूलो जोखिम लिएँ, मूल्यमा गिरावट आएको भए वा बालीमा मौसमी प्रकोपले असर गरेको भए मलाई कारोबारमा टिक्न गाह्रो हुन्थ्यो । तर प्याजले मेरो परिवारको भाग्य बदलेको छ।”भारतको चर्चित पत्रिका टाइम्स अफ इन्डियाका अनुसार मल्लिकार्जूनले जारी सिजनमा २४० टन प्याज उत्पादन गर्नुभएको छ।

करीब पाँचदेखि दश लाख नाफा हुने अनुमान लगाएर खेती गरेको उनले सुनाए। तर प्याजको मूल्य एकसय पचास रुपियाँसम्म पुग्दा उहाँ महिना दिनमै करोडपति भएका छन्। चलनचल्तीको मूल्य बमोजिम उहाँले एक सिजनमै करीब तीन करोड ५० लाख रुपियाँ आम्दानी गरेका छन्। उनले गत् वर्ष त्यत्तिकै क्षेत्रफलमा प्याज लगाउँदा करीब पाँच लाख आम्दानी गरेका थिए।“मैले बिगत्सँगै यसपटक लिएको ऋण चुक्ता गरेको छु”, भन्दै मल्लिकार्जूनले थपे “एउटा राम्रो घर बनाउने सोचमा छु, त्यसपछि खेती बिस्तार गर्ने लक्ष्य राखेको छु।”

पाँच विग्घा क्षेत्रफलमा खेती गरेका मल्लिकार्जून थप पाँच विग्घा जग्गा लिजमा लिने योजना बनाउनुभएको छ। पाँच विग्घा क्षेत्रफलमा करीब ५० जना मजदूर नियमित खेतीपातीमा लागेका छन्। असोजसम्म प्याजको मूल्य मल्लिकार्जूनको लागि चुनौतीपूर्ण थियो। कात्तिक दोस्रो साता प्याजको मूल्य ७० रुपियाँ पुग्यो। केही दिनभित्र मूल्य वृद्धि भएर भारतीय मुद्रा एक सय बीस रुपियाँसम्म पुग्यो। अनि प्याज चोरबाट सुरक्षा गर्न परिवारका सबै सदस्यले नै खेतमा दिनरात बिताउन थाले।

कमेन्ट लोड गर्नुस