सुदूर नेपाललाई विश्वसँग जोड्दै

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा शाही

२०७६ मंसिर २८, ०८:०४ खबर संवाददाता

डोटी : होटल व्यवसायी संघ डोटीको अध्यक्षमा राजेन्द्र शाही चयन भएका छन्। संघको चौथो जिल्ला अधिवेशनबाट होटल सिम्रनका सञ्चालक शाही अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन। उनको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ। 

जसको वरिष्ठ उपाध्यक्षमा लालबहादुर मन्नी, उपाध्यक्षमा गणेशबहादुर बोहरा, महासचिवमा नन्दनसिंह कार्की, सचिवमा रामबाबु यादव, कोषाध्यक्षमा मञ्जु कुमारी खड्का, सह– कोषाध्यक्षमा पुजा रावल चयन भएका छन्। त्यस्तै सदस्यहरुमा हर्क बोहरा, दलबहादुर बलायर, हर्कबहादुर बम, ध्वजबहादुर देउवा, मोहनबहादुर पातली र किस्मत बोगटी चयन भएका छन्।  

कमेन्ट लोड गर्नुस