सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा एड्स संक्रमित चारजनाको मृत्यु

२०७६ मंसिर २७, ०९:४४ खबर संवाददाता

दार्चुला: दार्चुलामा हालसम्म एड्स सङ्क्रमित चारजनाको मृत्यु भएको एक तथ्याकंले देखाएको छ। चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा थप चारजना सङ्क्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याकं छ। 

यो वर्ष मात्रै एड्स सङ्क्रमितको संख्या ३७ पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जानकारी दिएको छ। एड्स सङ्क्रमितको तथ्यांक लिइएदेखि हालसम्म ४५ जनामा एचआइभीको संक्रमण देखिएको र तीमध्ये चारजनाको मृत्यु भइसकेको कार्यालय प्रमुख जयराज भट्टले बताए। 

गत आर्थिक वर्षको अन्तिम अर्थात असार महिनामा एड्सका बिरामीको संख्या ३३ रहेकोमा साउनदेखि कार्तिकसम्मको अवधिमा चार बिरामी थपिएको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस