बाजुरामा सुत्केरीको हेलिकप्टरबाट उद्धार
बाजुरा: बाजुराको स्वामीकार्तिक गाँउपालिका–१ साप्पाटाकी २४ वर्षीय निर्मला विक र उनको नजवात शिशुलाई हेलिकेप्टरबाट उद्धार गरिएको छ।
सुत्केरी बेथा लागेको निर्मलालाई बुधवार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो। स्वास्थ्य केन्द्र आउनुअघि नै आमाको अवस्था जटिल रहेको र उनलाई सुत्केरी गराउन पनि निकै जोखिम अवस्था रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिकि स्टाफनर्स गंगा खत्रीले बताइन। उल्टो अवस्थामा रहेको बच्चालाई जेनतेन बुधबार नै बाहिर निकालेको उनले बताइन।
त्यसपछि आमा र बच्चाको अवस्था जटिल भएपछि बिहिबार हेलिकप्टरबाट उनलाई नेपालगञ्जको कोहलपुर मेडिकलमा उद्धारगरी लगीएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए। महिला तथा बालबालिका मन्त्रालयको सहयोगमा आमा र शिशुको हेलिकप्टरमा उद्धार गरिएको उनले बताए। उद्धार कार्यमा प्रदेश सांसद बलदेव रेग्मी र स्वामीकार्तिक गाँउपालिकाका अध्यक्ष चिरिञ्जवि शाहिले समेत पहल गरेको जनाइएको छ।