वर्तमान सरकार लक्षितवर्ग विरोधीः पुर्वमन्त्री बलायर
डोटी: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्वमन्त्री विरबहादुर बलायरले वर्तमान सरकार लक्षितवर्ग विरोधी भएको बताएका छन्। कार्यकर्ता भेटघाट तथा घरदैलो अभियानका क्रममा आज डोटीको बोगटान फुड्सील गाँउपालिका– ६ गगुडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।
सरकारले स्थानीय निकायको लोकसेवा आयोगमा दलित, अपाङ्ग, महिला र मधेसी कोटालाइ कटौती गरेकाले यो सरकार लक्षितवर्ग विरोधी भएको बलायरले बताए। त्यस्तै पुर्वमन्त्री बलायरले आफु जतिसुकै ठूलो पदमा पुगेपनी साधकी जीवन जिउने र दुःखसुखमा जनतासंगै रहने प्रतिवद्धता समेत जनाए।
वडा एकाइ सभापती गणेश बोगटीको सभापतित्व र केन्द्रिय सदस्य एवम पुर्व भौतीक पुर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरको प्रमुख अतिथ्यमा आयोजीत कार्यक्रममा नेकपालाई परित्याग गरी सोहि वडाका धर्म सिँह चन्द, शेर बहादुर चन्द, डम्बरसिह दमाई, प्रकाश ताम्राकार, भोजराज चन्द र झकेन्द्र ताम्राकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।