सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण

२०७६ मंसिर २६, ०५:३५ खबर संवाददाता

डोटी: डोटीको दिपायल सिलगढी नगरपालिका– ९ कलेनाका विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। ‘न्यानो लुगा लगाउ, आफु र आफ्ना बालबालीकालाई चिसोबाट बचाउ’ भन्ने नाराका साथ कलेनाका विपन्न, गरिब, असहाय, दलित, विपदमा परेका तथा अपांगता भएका ४ सय ७२ जना बालबालिकालाई न्यानो लुगा वितरण गरिएको हो।

सामुदायिक विकास केन्द्र सीडिसी डोटी र वल्ड भिजन इन्टरनेस्नल नेपालको समुदाय आवद्ध बाल स्पोनसरसिप परियोजनाले डोटीका विभिन्न स्थानीय तहरूमा रहेका ४ हजार २ सय बालबालिकालाई न्यानो कम्बल वितरण गर्ने लक्ष्य राखेको जनाइएको छ। 

कमेन्ट लोड गर्नुस