रिहाइको माग गर्दै स्वास्थ्यकर्मी संघ डोटीद्धारा ज्ञापनपत्र
स्वास्थ्यकर्मी हरि दत्त भट्टलाई पक्राउ गरेको विरोधमा नेपाल स्वास्थ्यकर्मी संघ डोटीले जिल्ला प्रशासन कार्यालय डोटी मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ। जिल्लाको जोरायल गाउँपालिका–वडा नम्वर १ को घण्टेश्वर स्वास्थ्य चौकी अन्तरगतको खार खोप केन्द्रमा गत मंसीर १७ गते खोप लगाएका स्थानीय टेकबहादुर मल्लका चार महिनाका नाती प्रविण मल्लकोे मृत्यु भएको थियो।
पीडीत पक्षको किटानी जाहेरी पछी जिल्ला प्रहरी कार्यालय डोटीले स्वास्थ्यकर्मी हरि दत्त भट्टलाइ मंसीर २० गते पक्राउ गरी हिरासतमा राखेको छ। घटनामा स्वाथ्यकर्मी माथी दुद्दा दर्ता गर्दा खोप ऐन नियमावली अनुसार अनुसन्धान अगाढी बढाउनुको सट्टा स्वास्थ्यकर्मी भट्ट माथी जिल्ला प्रहरी कार्यालय डोटीले किटानी जाहेरी दर्ता गरी स्वास्थ्यकर्मी माथी गरिएको ब्यवहार प्रती नेपाल स्वास्थ्यकर्मी संघ डोटीको गम्भिीर ध्यान आकर्षण भएकाले तत्काल भट्टलाइ रिहाइ नगरीय संघर्षका कार्यक्रमहरु अघि लान वाध्य हुनेछौ, नेपाल स्वास्थ्यकर्मी संघ डोटीका अध्यक्ष अर्जुन वलायर र सचिव प्रेम वहादुर कठायतद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा भनिएको छ।
परिवारका सदस्यले खोपकै कारण ज्यान गएको दावी गरेका छन्। दिउसो २ बजे खोप लगाएर प्रविणलाई घर लगिएको र राती सुतेको अवस्थामा मृत्यु भएको आफन्तले वताएका छन। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यलले सम्वन्धित ठाउमा ज्ञापन पत्र समयमै पठाउने बताएको थियो।