सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मानव अधिकारको अवस्थाबारे अन्तरक्रिया सम्पन्न

२०७६ मंसिर २४, ०७:२२ खबर संवाददाता

धनगढी: धनगढीमा मानव अधिकारको अवस्था र न्यायमा पहुँचबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। ७१औँ अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको हो। 

कार्यक्रममा मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यलयका प्रमुख झंकर रावलले सुदूरपश्चिममा मानव अधिकारको अवस्थावारे प्रस्तुती गरेका थिए। कार्यक्रमा सहभागीहरुले यस प्रदेशमा दलित र बालबालिकाहरुको अवस्था दयनिय रहेको बताएका छन् कार्यक्रममा बोल्दे दृिष्टविहिन दिपक चौधरीले व्यवहारमा मानव अधिकारको अवस्था नाजुक रहेको गुनासो गरे। स्थानीय सरकार आउँदा मानव अधिकारको अवस्थामा सुधार आउने आश गरिएको भएपनि राजनितिक हस्तक्षेपका कारण सहज हुन नसकेको माईती नेपालकी रुकमणी चौधरीले बताईन्।

सुदूरपश्चिम प्रदशको मानव अधिकारको अवस्थालाई सुधारगर्न सरकारले लाग्नुपर्ने देखिएको गैर सरकारी सस्था महासंघका केन्द्रिय सदस्य धर्मराज पाठकले बताए। उक्त कार्यक्रम गैर सरकार संस्था महसंघ, दलित महिला संघ, अनौपचारीक सेवा केन्द्र ईन्सेक, मानव अधिकार आयोग, दलित महिला अधिकार मञ्च र ओरेको संयुक्त आयोजनामा गरिएको हो। 

 

कमेन्ट लोड गर्नुस