सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा खार खोप केन्द्रले लापरवाहि गरेको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलित

२०७६ मंसिर २४, १२:१९ खबर संवाददाता

डोटीमा खोप केन्द्रले लापरबाहि गरेको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रने भएका छन्।

जोरायल गाउँपालिका वडा नम्बर १ मा रहेको खार खोप केन्द्रमा गत मंगलबार खोप लगाउँदा हेलचेक्र्याईं गरेर स्थानीय ५ महिने शिशु प्रविण मल्लको मृत्यु भएको पिडीत पक्षको किटानी जाहेरीपछि पक्राउ परेका घण्टेश्वर स्वास्थ्यचौकी इन्चार्ज हिरादत्त भट्टको रिहाईको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रने भएका हुन्।

आन्दोलनका कार्यक्रम अनुसार मंसिर २४ गते मंगलबार कालो पट्टी बाधेर विरोध गर्ने, २५ गते जिल्लाभरि खोप सेवा बन्द गर्ने र पुस १ गते देखि जिल्ला भरी आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य सेवा बन्द गर्ने संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका छन्।

यस विषयमा हिजो सोमबार डोटीका प्रमूख जिल्ला अधिकारीमार्फत गृह सचिवलाई ज्ञापन पत्र समेत पठाएका छन्। उता शिशु प्रविणको खोप लगाइएको राती नै आमासँगै सुतेको अवस्थामा मृत फेला परेकाले खोपकै कारण मृत्यु भएको र खेप लगाउँदा स्वास्थ्यचौकी इन्चार्ज भट्टले हेलचेक्र्याईं गरेको पीडित परिवारको दावी छ।

मृतक शिशुलाई एफआईपिभि र डिपिटी पेण्टा खोप लगाईएको र पोलियो थुपा खुवाईएको घण्टेश्वर स्वास्थ्यचौकी इञ्चार्ज भट्टले बताए। खोपकै कारण मृत्यु भए नभएको विषय अनुसन्धानबाट मात्रै पत्ता लाग्ने र आफ्नो दोष नरहेको उनले बताए।

स्वास्थ्यचौकी इञ्चार्ज भट्टको रिहाईको माग गर्दै स्वास्थ्यकर्मीहरुले प्रविणको मृत्युको विषयमा स्वास्थ्यकर्मीहरुबाट पूर्ण रुपमा अनुसन्धानमा सहयोग तथा समन्वय गर्ने र स्वास्थ्यकर्मीमाथी मुद्धा दर्ता खोप ऐन तथा नियमावली अनुसार भई अनुसन्धान हुनुपर्ने उनिहरुले माग गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस