मैले देखेको कञ्चनपुरकी स्वर्णधारी संगीताको कथा
गणेशराज ओझा, काठमाडौँ ।
दिन त शनिबारकै थियो तर पनि मेरा लागि हरेकदिन उस्तै लाग्छन नलागुनपनि कसरी किबोर्ड भन्दा बाहिरको काम खासै गर्नुपर्दैन। बसेरै दिनभरि गरिने काम र त्यसमाथि छेउमै अफिस भएपछि समय यसै बितिहाल्छ। इन्टरनेटको सुविधा राम्रै भएपनि दिनभरि नै सामाजीक सञ्जालतिर भने ध्यानजान सकेको थिएन। अपराह्नको सायद ३ बजेको थियो म आफ्नै काममा व्यस्त थिए।
यत्तिकैमा मेरो छेउमै बसेका साथी निकै उत्साहित हुँदै भन्छन, ‘सुदूरपश्चिमबाट सागमा फेरि एउटा स्वर्ण थपिएछ।’ यद्यपि उक्त स्वर्ण नेपालका लागि थियो तरपनि आफ्नो ठाउँको मोह जो थियो। उनले फेरी दोहोर्याएर भने कञ्चनपुरकी संगीता धामीले स्वर्ण जितेछ मैले फेरिपनि कुनै प्रतिक्रिया नदिएपछि यो कुरा यत्तिकैमा सिमित भयो।
झण्डै एक घण्टापछि आफ्नो कामलाई बिटमार्दै मोबाईल हातमा लिएर फेसबुक के खोल्न भ्याएको थिए मेरो अकाउन्टमा भएका प्राय साथीहरुले उनै स्वर्ण विजेता धामीलाई शुभकामना दिईरहेका थिए। वालभरी उनकै फोटो देखेपछि मेरो चासो बढ्यो। को रहेछ भनेर बुझनु पर्यो भन्ने के सोच्दै थिए यत्तिकैमा फोनको घण्टी बज्छ। नम्बर सेभन भएर होला त्यति चासो नभएपनि फोन उठाईयो।
हलो भतिज भनेपछि आवाज चिन्न गाह्रो भएन फोन छिमेकी अंकलको थियो। धेरैपछि हाम्रो सम्पर्क भएकोले पनि होला सञ्चो विसञ्चोको कुरा स्वभाविकै थियो। यत्तिकैमा उनले जोडिहाल्छन संगिताले त स्वर्ण जितेछ नि, म अलमलमा परे चिनजानकै होला भन्ने अनुमानसम्म गरियो, को संगीता ? मैले हतारमा सोधिहाले, हैन संगिता के धामीजी को छोरी, उनले थोरै प्रस्ट पारे फलानो भनेर। ओ माई गड ! हो र मेरो खुसीको सिमा नै भएन, होस पनि कसरी मैले आफ्नो बचपन बिताएको ठाउँ त्यसमापनि मेरै घरछेउको बहिनीको यत्रो ठुलो सफलताको कुरा एक्कासी सुनेपछि। यद्यपि उनलाई व्यक्तिगत रुपमा मैले चिनेको भने थिएन।
उनी सानै थिईन होला मैले पढाई गर्नेबेला पछि त कहिले कता कहिलेकता। जे भएपनि उनको र परिवार अवस्था भने मलाई थोरै भएपनि थाहा थियो। काठमाडौंमा चलिरहेका खेलमा रिपोर्टिङ गर्ने मौका मलाई पनि मिलेकै थियो। तर उनको खेलभने जनकपुरमा चलिरहेको थियो। उनीसँग भेट्न सम्भव नभएपनि फोनबाटै उनलाई सम्पर्क गरिहाले। उनी निकै भावुकथिईन, स्वभाविकै थियो ऐतिहासिक किर्तिमान नै राख्न सफल भएपछि। बंलादेशी खेलाडी रिमि सरकारसँग प्रतिस्पर्धामा उनले कुस्ती खेलमामा उक्त स्वर्ण पदक हासिल गरेकी थिईन।
समाजसँग पैठाजोरी खेल्दै आफुले गरिरहेको संघर्षका बिचमा देशलाई स्वर्णपदक मात्रै जिताईनन्, ‘ढुंगाको काप फोरेर उम्रिन्छ पिपल’ भनेझै उनले गरेको अठोटले नै एउटा छिमेकिले चिन्न नसकेको संगीतालाई अहिले संसारले चिनेको छ।
आमा धाना देवीको एक्लो मिहिनेतले परिवार धान्नु आफैमा एउटा संघर्ष नै थियो। तरपनि आमाले हार नमानी सन्तानको खुसीकालागि भएपनि जसोतसो जोडमेल गरेकै थिइन्। छोरा नजन्मिएपछि उनका बुवाले छाडेर अर्कैविवाह गरेका हुन रे। कान्छी बहिनी सरिता गर्भमै छँदा आफ्नो बुवाले अर्कैसँग घर बसाई सकेका थिए। उनलाई समेत आफ्ना बुवाको अनुहार थाहा छैन। दुई दिदीहरुको भने विवाह भैसकेको छ।
उनले पदक जितेलगत्तै विभिन्न संचार माध्यममा उनको प्रतिक्रिया बाहिरियो उनलाई निकै भावुक मुद्रामा देख्न सकिन्थ्यो र त्यो सफलताको आँसु रोक्न सकिनन्। पहिलो शब्दमै आमालाई सम्झिइन र पदक आमालाई नै समर्पण गरको बताईन। उनले भनीन, ‘गुरुहरुको राम्रो प्रशिक्षण दिएकै कारण आज यो यो सफलता पाएकि हुँ।’ दुधबेचेर घर सम्हालीरहेकी आमाका लागि योभन्दा ठुलो खुसी के हुन सक्छ र ?
समाजमा छोराको स्थान छोरीले ओगट्न सक्ने अवस्था अझै बनिसकेको छैन। यसमाथि श्रीमानले पनि साथ छोड्दा उनकी आमाको संघर्षको कथा सजिलै अनुमान गर्न सकिन्छ। बुवाले छोडेर जानुमात्रै उनको समस्या थिएन। बस्ने घर र उब्जाउने जमिनपनि त आनाभर थिएन। तरपनि उनका ठुल्बुवाले आफ्नै जमिनमा सानै भएपनि बस्ने जोहो गरिदिएका छन्। आमाले भैसीपालेर दुध बेच्छिन र यसैबाट दैनिकी चल्छ उनिहरुको। तरपनि छोरीलाई नै सबथोक सम्झेर उनकै भविश्यका खातिर अनेक चुनौती छिचोल्दै आज यो अवस्थामा देख्दा उनको खुसीको सीमा नै थिएन। छोराले भन्दापनि छोरीले बढ्ता खुसीदिन सक्ने रहेछन् भन्दै छोरी मात्रै भए भनेर श्रीमानले छोडेर गएको पल सम्झिईन आमाले।
‘आफु दुःख गरेर भएपनि हामीलाई कुनै कुराको कमी हुन दिएनन। मेरा हरेक कुरामा साथ दिएर नै म यो अवस्थामा छु यसकारण मैले यो सबै सफलता आमालाई नै सुम्पिएकि छु’ संगीताले भावुक शैलीमा यसो भनिरहँदा र देश विदेशमा उनको यति धेरैचर्चा भईरहदा उनकाबुवा अहिले के सोच्दाहुन उनै जानुन। पहिलोपटक अन्र्तराष्ट्रिय खेलमा भाग लिएर यसरी ऐतिहासिक पदक हातपार्दा अझै धेरै गर्नसक्ने सामथ्र्य उनमा स्पष्ट देखिन्छ। भर्खरै १२ कक्षापास गरेर स्नातक तहमा भर्ना भएकी उनी अब पढाईसँगै सागले दिएको उचाईलाई सम्मानगर्दै अझ अगाडि बढ्ने आत्मबल र हौसला बढेको बताउँछिन। पुरुषले मात्रै खेल्ने खेल भनेर चिनिएको कुस्तीमा नै आफ्नो भविश्य बनाउने रहर भएपनि पारिवारिक र आर्थिक अवस्थाले साथ देलाकि नदेला भन्ने चिन्तापनि उनमा उस्तै छ।
देशमा आफ्नो भविश्य नभएको भन्दै खेलाडीहरु रोजगारका लागी विदेश गईरहेको खबर पनि बेलाबेलामा देखिईरहेको सन्दर्भमा उनको चिन्तापनि जायजै हो। तर खेलाडी राष्ट्रका गहना हुन र राष्ट्र चिनाउने बलियो स्तम्भ हुन भन्ने विषयलाई सरकारले नजरअन्दाज गर्नु वास्तवमै दुःखद हो। र सरकारले समयमै ध्यान पुर्याउनसके संगीता जस्तै थुप्रै खेलाडी उदाउन सक्छन्।