सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको साँफे–मार्तडी खण्डमा भाडादर कायम, १ सय ६५ मात्रै तिर्नुपर्ने

२०७६ मंसिर २३, ०६:५१ खबर संवाददाता

बाजुरामा सवारी साधानको भाडादर घटेको छ। भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले साँफे मार्तडी सडक खण्डको रुट र भाडादर निर्धारण गरेपछि सवारी साधानको भाडादर घटेको हो।

जिल्ला प्रशासन कार्यालय बाजुराले मार्तडी देखि साँफेसम्मको रुट र भाडादर निर्धारणका लागि पटक पटक आग्रह गरेपछि सो सडकको भाडादर घटेको प्रमुख जिल्ला अधिकार गंगाप्रसाद न्यौपानेले बताए। सो सडकमा ४० सिट वा सोभन्दा कम सिट भएको यात्रुवाहक सवारी साधान संचालन गर्न पाउने गरि यातायात संचालन र भाडादर कायम गराउन जिल्ला प्रशासन कार्यालय बाजुरालाई यातायात व्यवस्था विभागले जानकारी गराएको छ।

यस अघि यातायात व्यवसायीहरुले सदरमुकाम मार्तडीबाट अछामको साँफेवगर सम्म प्रतिव्यक्ति ५ सय अशुल्दै आएका थिए। 
 

कमेन्ट लोड गर्नुस