सुदूर नेपाललाई विश्वसँग जोड्दै

८१ वर्षीय वडा सदस्यको निधन

। फोटो स्रोत ।
२०७६ मंसिर २२, ०६:२६

८१ वर्षको उमेरमा एक जना वडा सदस्यको मृत्यु भएको छ। दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य पुनीराम कामीको लामो समयदेखि खुट्टाको बिरामी भएका उनको शनिबार बिहान निधन भएको बताइएको छ। तत्कालीन नेकपा (एमाले) का तर्फबाट वडा सदस्य निर्वाचित भएका उनको ८१ वर्षको उमेरमा निधन भएका वताइएको छ। 

कामी २०५४ सालको स्थानीय निकायको निर्वाचनबाट शान्तिनगर – २ का वडाध्यक्षसमेत भएका थिए। सोही वडाको कजेरेटोल निवासी कामी गाउँपालिकाका विभिन्न संस्थामा क्रियाशील थिए। गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले शोक वक्तव्य जारी गरी उहाँको निधनले समग्र गाउँपालिकालाई नै क्षति भएको बताए। वडा नम्बर ४ का वडाध्यक्ष धनबहादुर केसीले लामो समय समाजसेवी तथा जनप्रतिनिधि भएर काम गर्नुभएका कामीसंँग लामो अनुभव भएकाले उहाँको निधनले ठूलो क्षति पु¥याएको बताए। रासस
 

कमेन्ट लोड गर्नुस