सुदूर नेपाललाई विश्वसँग जोड्दै

गर्भवतीको हेलिकप्टरबाट उद्धार

। फोटो स्रोत ।
२०७६ मंसिर २२, ०६:१२

शुक्रबारदेखि व्यथा लागे पनि सुत्केरी हुन नसक्दा नलगाड नगरपालिका –६ की २४ वर्षीया माया विकको हेलिकप्टरबाट उद्धार गरिएको छ। उनको उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याइएको नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट उनको उद्धार गरिएको बताइएको छ। रासस
 

कमेन्ट लोड गर्नुस