डाक्टर निराजन शर्माद्वारा कैलालीको फुलवारीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन
कैलाली: सेती अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर निराजन दत्त शर्मा पौडेलले कैलालीको फुलवारीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्। शिविरमा तीन सय दुई जनाले स्वास्थ्य सेवा लिएका छन्। उनीहरु मध्ये अधिकासंमा सुगर, श्वासप्रश्वास र आँखा सम्विन्धी समस्या देखिएको बरिष्ठ फिजिसियन डाक्टर शर्माले बताए।
शिविरमा डाक्टर शर्मासंगै डाक्टर दिपेन्द्र कुमार यादव, डाक्टर राजेन्द्र जोशी, डाक्टर युक्ति भट्टर डाक्टर युवराज जोशीले सेवा दिएका थिए।
स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका जनतालाई गाउँघरमै स्वास्थ्य सेवा उपलव्ध गराउने उद्येश्यका साथ स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताए। धनगढीकै गरिमा मेडिकलका सञ्चालक समेत रहेका उनले आगामी दिनमा पनि स्वास्थ्य शिविर मार्फत सामाजिक कार्य जारी राख्ने बताए।