सुदूरपश्चिमका एक सहित ८ एसपी र २१ डिएसपीको काज सरुवा (नामावलीसहित)
नेपाल प्रहरीले जिल्ला प्रहरी कार्याल बाजुराका प्रहरी नायव उपरिक्षक उद्धब सिंह भाट सहित ८ जना एसपी र २१ जना डिएसपीको काज सरुवा गरेको छ। बाजुराका डिएसपी भाटलाई काजमा जिल्ला प्रहरी कार्यालय धनुषा सरुवा गरेको छ भने प्रहरी प्रधान केन्द्रिय अनुसन्धान ब्युरो अनुगमन तथा सुपरिवेक्षण शाखाका प्रहरी नायव उपरिक्षक टंक प्रशाद भट्टराई बाजुरा आउने भएका छन्।
यस्तै प्रहरी प्रधान कार्यालय कानुन शाखाका एसपी जनार्दन बीसीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा, स्याङ्जाका राजकुमार लम्साललाई जगेडापुल नक्सालमा सरुवा गरिएको छ। यसैगरी सर्लाहीका गोपाल चन्द्र भट्टराई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सुरुवा भएका छन्।
सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका रविकुमार पौडेललाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा र काभ्रेका जयराज सापकोटालाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा काज सरुवा गरिएको छ।
यसैगरी जिल्ला प्रहरी कार्यालय धादिङका राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा तानिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका रविन्द्र रेग्मीको सरुवा जिल्ला प्रहरी कार्यालय धादिङमा भएको छ।