सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा अलपत्र परेका बच्चाको उद्धार र आर्थिक सहयोग

२०७६ मंसिर १९, ०५:५४

बाजुरा: बाजुराको स्वामिकार्तिक गाँउपालिका–१ साप्पाटामा आमाको मृत्युपछि अलपत्र बनेका दुई नाबालक भाइलाई एसोएस बालग्राम धनगढीले उद्धार गरेको छ। साथै बच्चाहरुको सहयोगका लागि संकलित भएको रकम बच्चाका बुवालाई हस्तान्तरण गरिएको छ। 

बच्चाको दुध, लुगाकपडा र खाद्यन्नको लागि सहयोग भन्दै देशविदेशबाट आएको ६६ हजार १ सय ५० रुपैया प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्याउपानेबाट बच्चाको बुवालाई हस्तान्तरण गरिएको छ।  स्वामिकार्तिक गाँउपालिकाले पनि २५ हजार सहयोग गरेको गाँउपालिकाका अध्यक्ष चिरिञ्जीवी शाहिले बताएका छन्। रकम पत्रकार महासंघ बाजुरा अध्यक्षप्रकाश सिंहले संकलन गरेका थिए।  

कमेन्ट लोड गर्नुस