सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७६ मंसिर १९, ०८:१४ खबर संवाददाता

डोटीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको जोरायल गाउंपालिका वडा नम्बर २ मा बुधबार राति साढे ८ बजेतीर जीप  आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा जीप चालक जोरायल गाउंपालिका वडा नम्बर ४ बस्ने आश्रम थापामगर रहेको प्रहरीले जनाएको छ।

धनगढीबाट जोरायल तर्फ गईरहेको से १ ज २०३९ नम्बरको जीप दुर्घटना हुँदा घाइते भएका चालक थापाको उपचारका लागि धनगढी ल्याइएकोमा उपचारका क्रममा सेति प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस