सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको त्रिवेणी नगरपालिका–१ मा नेकपाबाट मनराज बुढा बिजयी

२०७६ मंसिर १५, ०६:४४ प्रकाश सिंह

बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा नेकपाका वडा अध्यक्ष मनराज बुढा बिजयी भएका छन्। नेपाली कांग्रेस वाट उम्मेद्धवार बनेका खगेन्द्र चदारालाई २० मतले पराजित गर्दै नेकपाका वडा अध्यक्ष मनराज बुढा बिजयी भएको मुख्य निर्वाचन कार्यलय बाजुराले जनाएको छ।

मनराज बुढाले ३ सय ६७ मत पाएका छन्। त्यस्तै नेपाली काँग्रेसका खगेन्द्र चदाराले ३ सय ४७ मत, राप्रपा बाट बनको उम्मेद्धवारले २ मत र ११ मत बदर भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएपी उद्धब सिंह भाटले वताएका छन्।

त्रिवेणी नगरपालिका १ मा रहेको छतारादेवी आधारभुत विद्यालयमा भएको उप निर्वाचनका शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको थियो। वडामा रहेका एक हजार ३९ जना मतदाता मध्ये ७ सय २७ मत खसेको थियो। तीन सय ४४ पुरुष र तीन सय ८३ महिलाले मतदान गरेको थिए।

बाजुरामा उप निर्वाचन एउटामा वडामा मात्र रहेको थियो। त्रिवेणी नगरपालिका १ मा वडा अध्यक्षको चुनाव भएको छ। उक्क्त वडाको उपचिर्वाचनमा ३ जनाले उम्मेद्धारी दिएका छन  तत्कालिन वडा अध्यक्ष खम्म नेपालीको २०७५ अषाढ १३ गते जीप दुर्घटना परी मृत्यु भएको थियो। २०७४ को स्थानीय तहको  निर्वाचनमा ३ सय ६५ मत प्राप्त गरी विजयी भएका थिए।
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस